२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातले राजस्थानलाई उसकै मैदानमा ९ विकेटले हरायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)–१६ को ४८ औं खेलमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ ।

यो जितसँगै हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको टोलीले घरेलु मैदानमा राजस्थानसँगको हार बराबरी गरेको छ । पछिल्लो खेलमा राजस्थानले गुजरातलाई अहमदाबादमा ३ विकेटले पराजित गरेको थियो ।

चालू सिजनमा गुजरातले सातौं जित हात पारेको छ । टोलीको १४ अंक छ र गुजरात प्लेअफ प्रवेश गर्न एक जितबाट टाढा छ ।

सवाईमान सिंह रंगशालामा टस जितेर ब्याटिङ रोजेको राजस्थानको टोली १७.५ ओभरमा ११८ रनमा अलआउट भयो । गुजरातले १३.५ ओभरमा एक विकेट गुमाएर ३७ बल बाँकी रहँदै ११८ रनको लक्ष्य पुरा गर्यो ।

लगातार विकेट गुमाएपछि राजस्थानको टोलीले ठूलो स्कोर बनाउन सकेन । टोलीले सिजनको सबैभन्दा सानो स्कोर बनायो । आयोजकका लागि सञ्जु सामसन (३० रन) मात्रै केही समय टिक्न सके । गुजरातका रासिद खानले ३ विकेट लिए भने नूर अहमदले २ विकेट लिए ।

गुजरातका ओपनर ऋद्धिमान साहाले ४१, कप्तान हार्दिक पाण्डेयले ३९ र शुभमन गिलले ३६ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चहलले एक मात्र विकेट लिए ।