७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको प्रस्टोक्तिः ओलीबाट प्रधानमन्त्री बन्ने अफर आएको छैन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री बन्ने अफर नआएको दाबी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न कुनै अफर नगरेको प्रस्ट पारेका हुन् ।

यसैबीच, रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गर्दै सरकारमा नजाने भएको छ ।