२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको रक्षाका लागि अहिले संसद् पुनर्स्थापना हुनुपर्छ : त्रिपाठी



अ+ अ-

परासी । पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अहिले संसद् पुनर्स्थापना हुनुपर्ने बताएका छन् । आइतवार गृहजिल्ला नवलपरासी आएका पूर्वमन्त्री त्रिपाठीले  घुमाउरो पारामा संविधानको रक्षाका लागि अहिले संसद् पुनर्स्थापना हुनुपर्ने संकेत गरेका हुन् । 

स्वास्थ्यमन्त्रीबाट पदमुक्त भएपछि गृहजिल्ला नवलपरासी पुगेका पूर्वमन्त्री त्रिपाठीले दलहरुबीच देखिएको विभाजन र शत्रुतापूर्ण व्यवहारले संविधान समाप्त हुने अवस्थामा जानु देशकै लागि खतरा भएको बताएका छन्। 

संसद् पुनर्स्थापना र मन्त्रीमण्डल पुनर्गठन लगायत समसामायिक राजनीतिक विषय नै अदालतमाको हातामा पुग्नुलाई शुभ संकेत मान्न नसकिने बताए। वर्तमान राजनीतिक अवस्थालाई त्रिपाठीले ब्लेडको संज्ञा दिए ।

 ‘अहिलेको राजनीति ब्लेड जस्तो छ । जाने बाल (कपाल) काट्छ । नजाने गाल (गाला) काट्छ । त्यसैले दलहरु सचेत भएर अगाडि नबढे संविधान समाप्त हुन्छ’ उनले भने ।

अहिले संविधान घाइते भइसकेकाले संसद्ले मात्र त्यसलाई मलमपट्टी लगाउन सक्ने पनि उनले बताए । ‘संसद् २ प्रकारले फर्किन्छ । एउटा चुनाव र अर्को विघटित प्रतिनिधिसभा पुनर्स्थापना । विचाराधीन त्यस विषयलाई अहिले गम्भीरताका साथ जनताले हेरिरहेका छन्’ उनले भने ।