२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुख काट्ने क्रममा हाँगाले लागेर एक जनाको मृत्यु



अ+ अ-

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका ७ पानीतारेमा रहेको बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लागेर १ जनाले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा खोटाङ हेलसी तुवाचुङ नगरपालिका ८ धितुङ का २२ वर्षीय सरोज राई रहेका छन् ।

आइतकार दिउँसो करिब साढे १२ बजे सो सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिई रुख काट्न गएका राईको रुखको हाँगाले टाउकोमा लागी घटनास्थलमानै मृत्यु भएको हो ।