२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद्‌को नयाँ सिफारिसविरुद्ध सर्वोचमा रिट दर्ता



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक परिषदको वैशाख २६ गतेको बैठकले विभिन्न संवैधानिक आयोगमा गरेका नियुक्ति सिफारिस गरेका व्यक्तिको नियुक्ति रोक्न माग गर्दै रिट दर्ता भएको छ ।

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नु संविधान विपरीत रहेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले उनीहरुको नियुक्ति रोक्न माग गरेका हुन् ।

अधिवक्ता अर्यालले रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्का् सचिवालय र सभामुखलाई विपक्षीमा राखेका छन् ।