२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु



अ+ अ-

राँझा । बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा  विष्फोट हुँदा एक मजदूरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेको स्टिम बोइलर मेसिन अचानक विष्फोट हुँदा बारबर्दिया नगरपालिका वडा नं. ९ बर्दिया निवासी खुशीराम थारुको मृत्यु भएको थियो । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान करीब ५ बजे घटना विष्फोट भएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताउनुभयो । रासस