२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

हिंसापीडित महिलाको घरमै पुगेर न्याय दिँदै उपप्रमुख चौधरी

हिंसापीडित महिलाको घरमै पुगेर न्याय दिँदै उपप्रमुख चौधरी
अ अ+ अ-

धनगढी । श्रीमानको अपहेलनका कारण मानसिकरूपमा विक्षिप्त भई उपचारका लागि काठमाडौँ लगिएकी गौरीगङ्गा नगरपालिका–४ की २८ वर्षीया सरस्वती शाही अहिले क्रमशः परिवारसँग घुलमिल थाल्नुभएको छ ।  

पहिला उहाँलाई आफूले के लगाएको, के खाएको वा के गरिरहेको भन्नेसमेत थाहा नहुने हुन्थ्यो । बसेकै ठाउँमा दिसा पिसाब गर्ने सरस्वती अहिले घरको काममा आमालाई सघाउन सक्ने हुनुभएको छ । आफ्ना दुई सन्तानलाई समेत नचिन्ने अवस्थामा रहेकी सरस्वती अहिले छोराछोरीसँग खेल्ने र बोल्ने गर्ने गरेको सरस्वतीकी आमा नर्मा सिंहले बताउनुभयो । श्रीमानले कुटपिट गरी घरबाट निकालेका कारण आफ्नी छोरीमा मानसिक समस्या देखिएको सिंहको भनाइ छ । 

स्थानीय न्यायिक समितिका प्रमुख एवं नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीको न्याय दिन सक्ने फरक क्षमताका कारण आफ्नी छोरीले नयाँ जीवन पाएको सिंहले बताउनुभयो । थानीय सरकार सञ्चालन ऐन तथा संविधानले नै दिएको न्याय सम्पादनको नियमित काम तथा पालिकाबाट सञ्चालित योजनाको अनुगमनका काममा उपप्रमुखहरूले पर्याप्त ध्यान दिन नसकिरहेका समयमा उपप्रमुख चौधरीको नेतृत्वमा पालिकाका विभिन्न वडामा घरपरिवारबाट हिंसामा परेका महिलाको उद्धार, आर्थिक सहयोग तथा जिविकोपार्जनका लागि दिइएको योजनाले अहिले उनीहरूले नौलो जीवन पाउन थालेका छन् ।  

श्रीमान बितेपिछ घरपरिवारको अपहेलना सहेकी गौरीगङ्गा नगरपालिका –१ गप्काकी ३१ वर्षीया गीता बूढाको नागरिकता श्रीमान्कै नामबाट दिलाउन उपप्रमुख चौधरीले बनाउन पहल गर्नुभयो । ‘‘अंश दिनुपर्ला भनेर परिवारले नागरिकता नबनाइदिएका थिए तर उपपमुख चौधरीले पहल गरेपछि मेरो नागरिकता बन्यो ।’’ चरम आर्थिक अभावका कारण चार वर्षीया छोरीको पालनपोषण तथा जिविकोपार्जनका लागी समस्या भएको गुनासो बुढाले गररुपछि उपप्रमुख चौधरीले नगरपालिकाबाट रु दश हजार आर्थिक सहयोग गराउनुभयो । 
उक्त रकमबाट एउटा पाठो र कुखुरा किनेर पाल्न थाल्नुभएकी बूढासँग अहिले तिन कुखुरा, एक बाख्रा र एक बोका छन् । बोका र कुखुुरा बेचेर आएको पैसाले यही व्यावसायमा लगाउने उहाँको चाहना छ । सबैतिरबाट अपहेलनाको पात्र बनेकी बूढाले अहिले आफ्ना लागि उपप्रमुख चौधरी देउता बनेर आएको बताउनुभयो । 

नगरपालिकाको  न्यायिक समितिमा हालसम्म आउने घर झगडा, सीमा विवाद तथा अन्य मुद्धाहरु न्यायपालिकामा छलफल गरी पक्ष–विपक्ष दुवैलाई जितको अवस्था महसुस गराउन उपप्रमुख चौधरीले हाँसी खुशी पठाउने गर्नुहुन्छ । हिंसासम्बन्धी मुद्दा नगरपालिकामा समाधान भएपछि आफ्नो घरमा फर्कनुभएकी श्याममती चौधरी घरमा उपप्रमुख आएर सम्झाएपछि श्रीमान् र सासु ससुराबाट हिंसा भोग्नु नपरेको बताउनुहुन्छ ।  

उपप्रमुख चौधरीको नेतृत्वमा महिला अधिकार तथा जीवनरक्षका सवालमा भएका कामका यी केही उदाहरण मात्र हुन् । उपप्रमुख चौधरीले न्यायपालिकामा आउने हिंसाका घटनाको समाधान भइनसक्दा सम्मका लागि महिलालाई सुरक्षित तरिकाले राख्न ‘सेफ हाउस’ समेत बनाउनुभएको छ । अहिले पनि उक्त हाउसमा घरपरिवार र श्रीमानबाट पीडित भएर आएका पाँच जनाले आश्रय लिइरहनुभएको छ । 

सुदूरपश्चिममा मुख्य समस्याका रूपमा रहेको छाउपडी प्रथा उन्मुलनका लागि गाँउगाँउमा गई बनाइएका छाउगोठ भत्काउन छाउगोठमा बस्ने उनीहरू स्वंयमलाई मनाई भत्काउने अभियान समेत सञ्चालन गर्नुभएकी चौधरी महिलाको हक अधिकार तथा उनीहरुलाइ न्याय दिलाउनु आफ्नो कर्तव्य भएको बताउनुहुन्छ । 

‘‘समाजमा केही पुरातन सोचहरू छन्, जसका कारण महिला दिदीबहिनीले अमानवीय व्यवहार सहँदै आउनुभएको छ । म सकेसम्म त्यस्ता किसिमका समस्यालाई जरैदेखि समाधान गर्न उहाँहरुको घरमै गएर सम्झाउने– बुझाउने कामलाई निरन्तरता दिन्छु ।’’

स्थानीय तहको निर्वाचनपछि हालसम्म एक सय ७८ उजुरी परेकामा एक सय ५५ को फस्र्यौट भएको छ । 
–प्रकाश मिश्र