२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशनको ११ औँ बैठकले प्रदेशको नीति तथा कार्यक्रम पारित गरेको छ । 

आइतबार बसेको बैठकमा बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । तर, ओली पक्षका प्रदेश सभा सदस्यहरू भने विपक्षमा उभिन पुगेका थिए । यस्तै  नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भने मौन रहे ।

सुदूरपश्चिम प्रदेशमा सभामुख बाहेकका २४ जनामध्ये नेपाल पक्षमा १७ र ओली पक्षमा ७ जना प्रदेशसभा सदस्य छन् । कांग्रेसका १२ जना सांसद छन् ।

गत बिहीबार प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।