२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा विवादमा निर्वाचन आयोग भन्छ, दुवै पक्षको कारवाही अमान्य



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्षले गरेको एक-अर्कालाई गरेको कारवाहीलाई मान्यता नदिइ पुरानै पदाधिकारी कायम रहन भनेको छ । 

पार्टीमा विवाद बढेपछि उपेन्द्र यादव र महन्त ठाकुरले एक अर्कामाथि कारवाही गर्दै आयोगमा छुट्टाछुट्टै पत्र पठाएका थिए ।

दुई समुहले गरेका कारवाही कानूनसम्मत नदेखिएको आयोगको ठहर छ । 

राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार दलमा भएको विवरण हेरफेर गर्दा कुनै पनि अध्यावधिक गर्न नमिल्ने भएकाले यस्तो निर्णय गरिएको आयोगले जनाएको छ ।