२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयहरूले एसईई मूल्याङ्कन नतिजा असार २० गतेभित्र बुझाउनु पर्ने



अ+ अ-

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले  विद्यालयहरूले एसईई मूल्याङ्कन नतिजा असार २० गतेभित्र बुझाउन निर्देशन दिएको छ । बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्याङ्कन कार्यविधि २०७८’ तयार गरी  विद्यार्थीको मूल्याङ्कन असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने जनाएको हो ।

बोर्डका अध्यक्ष चद्रमणी पौडेलका अनुसार विद्यालयहरूले सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा असार २० गतेभित्र नतिजा बुझाउनुपर्ने छ । कोरोना सक्रमणका कारण भौृतिक रुपमा परिक्षा हुन नसकेपछि वोर्डले विद्यालयहरूले मूल्याङ्कनकै आधारमा नतिजा सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो ।

विषय शिक्षकले कार्यविधिले तोकेअनुसार मूल्याङ्कन गरेको नतिजा विद्यालयको मूल्याङ्कन समितिमा पेस गर्नुपर्नेछ । मूल्याङ्कन समितिले मूल्याङ्कन कार्यविधिले तोके अनुसार रुजु गरी प्रमाणित गरी  मूल्याङ्कनको नतिजाको मुलप्रति र बिद्युतिय प्रति असार २० गतेभित्र शिक्षा विकास समन्वय इकाइलाई बुझाउनु पर्नै छ ।