२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित कांग्रेस नेता हरिभक्त अधिकारीको निधन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ। ७९ वर्षिय अधिकारीको हिजो (आइतबार) राति ११ बजे मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा निधन भएको हो । उनी मधुमेह तथा उच्च रक्तचाप लगायतका रोगले ग्रसित थिए ।

उनलाई कोरोना संक्रमण पनि देखिएको थियो । उनलाई जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो।

अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन्।