२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च ओपनको उपाधि जोकोभिचले जिते



अ+ अ-

पेरिसः यस वर्षको फ्रेन्च ओपनतर्फ पुरुष सिंगल्सको उपाधि सर्बियाका विश्व नं. १ खेलाडी नोभाक जोकोभिचले जितेका छन् । आइतबार सम्पन्न फाइनलमा उनले ग्रीसका स्टेफानोस चिचिपासलाई सङ्घर्षपूर्ण खेलमा ३–२ सेटले हराएका थिए ।

पहिलो दुई सेट हारेर पनि उत्कृष्ट पुनरागमन गरेका जोकोभिचले चिचिपासलाई ६–७, २–६, ६–३, ६–२ र ६–४ सेटले परास्त गरे । चिचिपासले पहिलो र दोस्रो सेटमा कायम गरेको लय तेस्रो सेटदेखि गुमाएका थिए ।

यो जोकोभिचको १९ औं ग्रान्डस्लाम उपाधि हो । अब उनी राफेल नाडाल र रोजर फेडररको नजिक पनि पुगेका छन् । समकालीन टेनिस खेलाडीहरुमा नाडाल र फेडररले २०–२० ग्रान्डस्लाम जितिसकेका छन् ।

पुरुष तर्फको फाइनल भिडन्तसँगै यस वर्षको फ्रेन्च ओपन समाप्त भएको छ ।

यसअघि शनिबार सम्पन्न महिला सिंगल्समा भने चेकोस्लोभाकियाकी टेनिस सुन्दरी बारबोरा क्रुजिकोभाले जितेकी थिइन् । यो उनको पहिलो ग्रान्डस्लाम उपाधि थियो ।

शनिबार साँझ भएको फाइनलमा रुसकी अनास्तासिया पाभ्लुचेन्कोभालाई क्रुजीकोभाले हराएकी थिइन् । एपी
––