२२ असार २०८३, सोमबार
,
Latest
व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च ओपनको उपाधि जोकोभिचले जिते



अ+ अ-

पेरिसः यस वर्षको फ्रेन्च ओपनतर्फ पुरुष सिंगल्सको उपाधि सर्बियाका विश्व नं. १ खेलाडी नोभाक जोकोभिचले जितेका छन् । आइतबार सम्पन्न फाइनलमा उनले ग्रीसका स्टेफानोस चिचिपासलाई सङ्घर्षपूर्ण खेलमा ३–२ सेटले हराएका थिए ।

पहिलो दुई सेट हारेर पनि उत्कृष्ट पुनरागमन गरेका जोकोभिचले चिचिपासलाई ६–७, २–६, ६–३, ६–२ र ६–४ सेटले परास्त गरे । चिचिपासले पहिलो र दोस्रो सेटमा कायम गरेको लय तेस्रो सेटदेखि गुमाएका थिए ।

यो जोकोभिचको १९ औं ग्रान्डस्लाम उपाधि हो । अब उनी राफेल नाडाल र रोजर फेडररको नजिक पनि पुगेका छन् । समकालीन टेनिस खेलाडीहरुमा नाडाल र फेडररले २०–२० ग्रान्डस्लाम जितिसकेका छन् ।

पुरुष तर्फको फाइनल भिडन्तसँगै यस वर्षको फ्रेन्च ओपन समाप्त भएको छ ।

यसअघि शनिबार सम्पन्न महिला सिंगल्समा भने चेकोस्लोभाकियाकी टेनिस सुन्दरी बारबोरा क्रुजिकोभाले जितेकी थिइन् । यो उनको पहिलो ग्रान्डस्लाम उपाधि थियो ।

शनिबार साँझ भएको फाइनलमा रुसकी अनास्तासिया पाभ्लुचेन्कोभालाई क्रुजीकोभाले हराएकी थिइन् । एपी
––