२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । उनलाई आजै (सोमबार) बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।

पछिल्लो ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । अस्पताल स्रोतका अनुसार अहिले उनको अवस्था सामान्य छ । आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

उनलाई पनि यसअघि कोरोना संक्रमण पुष्टि भईसकेको थियो तर लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर निको भई घर फर्किएका थिए ।