९ असार २०८३, मंगलवार
,
Latest
‘कांग्रेस जनसेवामा समर्पित हुनुपर्छ’ रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना विष्णु पौडेल पक्राउविरुद्ध संसद्मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुर रायमाझी पक्राउ, काठमाडौँ ल्याइँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई भैरहवाबाट पक्राउ गरिएको हो ।

हिजो छोरा सन्दीप रायमाझी पक्राउ परेपछि उनी सम्पर्कबिहीन भएका थिए । प्रहरीले आज टोपबहादुर रायमाझी र छोरा सन्दीपलाई विमानमार्फत काठमाडौँ ल्याउने तयारी गरेको छ । प्रहरीले सन्दीपलाई हिजो बुटवलबाट पक्राउ गरेको थियो । भैरहवामा विहानको मौसम खराब भएकाले ल्याउन केही ढिलाइ भएको प्रहरीले जनाएको छ ।

छोरा पक्राउ परेपछि हिजो काठमाडौँ आउनका लागि विमानको टिकट काटेमा टोपबहादुर रायमाझी भने अन्तिम समयमा टिकट रद्द गरेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले हिजो पक्राउ गरेको थियो । उनलाई पेप्सीकोलाबाट बुधबार दिउँसो पक्राउ गरिएको हो । पाण्डे उपराष्ट्रपति कार्यालयमा सचिव थिए । उहाँ २०७८ साउन २७ लदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव रहनुभएको थियो । पक्राउ परेसँगै उहाँ निलम्बनमा पर्नुभएको छ । पाण्डेलाई तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति समेत दिएको छ ।

सोही प्रकरणमा अर्का योजनाकार पूर्वगृहसचिव रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पै्रहरीले मंगलबार पक्राउ गरेको थियो । प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरुमाथि अनुसन्धान जारी रहेको बताउनुभयो ।

यस प्रकरणमा हालसम्म आठ जना पक्राउ परिसकेका छन् ।