१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शरणार्थी प्रकरणः डायरीले खोल्यो रहस्य



अ+ अ-

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । पााण्डेलाई पेप्सीकोलाबाट बुधबार दिउँसो पक्राउ गरिएको हो ।

यसैक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पनि प्रहरीले बुधबार राति बुटवलबाट पक्राउ गरेको छ । टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएकोमा उहाँ दिनभर समाभुख देवराज घिमिरेसँग कार्यक्रममा अर्घाखाँचीमा रहेकाले प्रहरीले त्यहाँ पक्राउ गर्न सकेन ।

भैरहवाबाट रात्रि उडानमा काठमाडौँ आएपछि उहाँलाई पनि पक्राउ गर्ने योजना प्रहरीको रहे पनि उहाँ नआएकाले पक्राउ नपरेको प्रहरीले जनाएको छ । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक श्याम ज्ञवालीले पक्राउका लागि सबै तयारी भए पनि रायमाझी उतै लुकेको आशंका गर्नुभयो ।

सोही प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पाण्डे उपराष्ट्रपति कार्यालयमा सचिव हुनुहुन्थ्यो । उहाँ २०७८ साउन २७ लदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव रहनुभएको थियो । पक्राउ परेसँगै उहाँ निलम्बनमा पर्नुभएको छ । पाण्डेलाई तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति समेत दिएको छ ।

सोही प्रकरणमा अर्का योजनाकार पूर्वगृहसचिव रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पै्रहरीले मंगलबार पक्राउ गरेको थियो । प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरुमाथि अनुसन्धान जारी रहेको बताउनुभयो ।

डायरीले खोल्यो रहस्य
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा उच्चपदस्थ अधिकारी कसरी पक्राउ परे भन्नेबारे विभिन्न अनुमान गरिएको छ । सत्ता र शक्तिको भरपुर उपयोग गरेर व्यक्तिहरु अनुसन्धानमा तानिएको र पक्राउ परेको रदस्य एक डायरीसँग जोडिएको छ ।

पूर्वगृहमन्त्रीहरु र गृहसचिवहरुको संलग्न भएको यो घटना गुपचुप पार्ने प्रयास नभएको भने होइन । पक्राउ परेका मोरङका केशल दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङले घटना गुपचुप पार्न अनेक प्रयास र प्रयन्त गरेको प्रहरी उच्च स्रोतको दाबी छ । अनुसन्धान पूरा नहुँदै अदालतमा मुद्दा दर्ता गराउन दबाब पनि थियो । यसैक्रममा प्रहरीले गिरोहमा संलग्न दाङका सन्देश शर्मालाई नियन्त्रणमा लिएपछि अनुसन्धान पूरा नगरी मुद्दा चलाउने अवस्था रहेन । शर्मासँगको बयानपछि प्रहरीले पक्राउ परेका सानु भण्डारीको घर तलासी गर्दा एउटा डायरी फेला पार्यो । जसमा रकम लिएका उच्च पदस्थ अधिकारीको विवरणसहितको ठगिएको रकम समेत फेला पार्यो ।

जसमा मोरङका केशव दुलाल र पूर्वगृृहसचिव पाण्डेको लेनदेनका थुप्रै प्रमाण फेला परे । दाङका सन्देश शर्मा, टोपबहादुर रायमाझी र राईबीच लेनदेनका प्रमाणसमेत प्रहरीले सुरक्षित राखेको जनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार गिरोहमा संलग्न पूर्वगृहमन्त्रीहरु, अन्य पूर्वगृहसचिवहरुको पनि संलग्नता देखिएको छ । कतिपय प्रमाण अप्रत्यक्ष खाललका देखिएकाले प्रहरीले ठोस प्रमाण संकलन गरिरहेको जनाएको छ ।-आजको गोरखापत्रमा समाचार छ ।