१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थी बनाउने प्रकरणः सचिव पाण्डेमाथि अनुसन्धान गर्न तीनदिन म्याद थप



अ+ अ-

काठमाडौँ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा भएको ठगी घटनामा पक्राउ परेका सचिव टेकनारायण पाण्डेमाथि अनुसन्धानका लागि तीन दिनको समय दिइएको छ ।

उपराष्ट्रपति कार्यालयमा कार्यरत पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पेप्सिकोलाबाट पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई तीन दिनको समय दिएको हो ।

तत्कालीन गृहसचिव रहेका पाण्डेको संलग्नता आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।