२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतले अविलम्व प्रधानन्यायाधीश पाउनुपर्छः अध्यक्ष घिमिरे



अ+ अ-

काठमाडौँ । अविलम्व प्रधानन्यायाधीशको नियुक्ति गर्न माग गर्दै नेपाल बार एशोसिएशनले आन्दोलन जारी राखेको छ ।

बुधवार पनि नेपाल बार परिसरमा कानून व्यवसायीहरुले आन्दोलन जारी राखेका हुन् । उनीहरुले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेका छन् । आन्दोलनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिका प्रमुख अविलम्व पाउनुपर्ने बताउनु भयो । उहाँले अटोमेटिक ढंगबाट पेशी व्यवस्थापन प्रणाली हुनुपर्ने पनि बताउनु भयो । उहाँले नेपालका विभिन्न निकायहरु आफ्नो भुमिकाबाट टाढिँदै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको न्यायपालिकाले प्रमुख पाउन नसकेको विषय प्रमुख रुपमा रह्यो । अटोमेटिक ढंगबाट पेशी व्यवस्थापन सिस्टम अगाडी बढ्न सकेन । बेथितिको कुरा एकातर्फ मात्रै छैन । बेथितिको कुरा जताततै छ । संसद बेखबर छ । सरकार बेखबर छ । कयौँ विषयहरुमा न्यायपालिका पनि बेखबर छ । यो सबै विषयमा हामीले उठाउनुपर्ने आवश्यकता छ ।

यो उठाउने ठाउँ भनेको एउटा प्रमुख स्टेक होल्डर भएको नाताले हामी कानून व्यवसायी नै हो । हामीले उठाइराखेका छौँ । यो हाम्रो धर्म हो । नेपाली जनता एकातर्फ न्याय नपाएर रुँदै हिँड्नुपर्ने अवस्थाको विद्यमानता छ भने अर्कोतर्फ नेपालका जुन निकायहरु छन्, जुन जिम्मेवार निकायहरु छन् । ति जिम्मेवार निकायहरु आफ्नो भुमिकाबाट च्युत भएको अवस्था छ । आफ्नो भुमिकाबाट पर सरेको अवस्था हामी देख्दैछौँ ।’

नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ चण्डेश्वर श्रेष्ठले नेपाल बारको आन्दोलन व्यक्तिको लागि नभइ संस्थाको लागि र अदालतमा भइरहेको गलत कामहरुको लागि भएको बताउनु भयो । उहाँले उच्च र जिल्ला अदालतहरुमा बाँकी न्यायाधीश तत्काल पूर्ति गर्नुपर्ने माग गर्नुभयो ।

कानून व्यवसायीहरुले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, सर्वोच्च अदालत र सबै अदालतहरुमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।