२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोकेर कञ्चनपुरमा एक जनाको मृत्यु



अ+ अ-

कैलाली । कञ्चनपुरमा खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । 

आइतबार दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा दोधारा चाँदनी नगरपालिका-८ का ४९ वर्षीय दुर्गाबहादुर थापाको सर्पले टोकेर मृत्यु भएको हो ।

उनी आफ्नै खेतमा रोपाइँ गर्ने क्रममा सर्पले हातमा टोकेको थाहा पाएपछि उपचारका लागि महाकाली अस्पताल भर्ना भएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको थियो ।

प्रहरीका अनुसार धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।