३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोकेर कञ्चनपुरमा एक जनाको मृत्यु



अ+ अ-

कैलाली । कञ्चनपुरमा खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । 

आइतबार दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा दोधारा चाँदनी नगरपालिका-८ का ४९ वर्षीय दुर्गाबहादुर थापाको सर्पले टोकेर मृत्यु भएको हो ।

उनी आफ्नै खेतमा रोपाइँ गर्ने क्रममा सर्पले हातमा टोकेको थाहा पाएपछि उपचारका लागि महाकाली अस्पताल भर्ना भएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको थियो ।

प्रहरीका अनुसार धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।