१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा घरमा ट्रक ठोक्किँदा ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर



अ+ अ-

तनहुँ । तनहुँमा ट्रक घरमा गएर ठोक्किदा ९ जना घाइते भएका छ ।

बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा ना ४ ख १९७३ नम्बरको ट्रकले घरलाई हान्दा दुर्घटना भएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने घाइते हुनेमा धेरै बालबालिका छन् ।

दुर्घटनामा ७० वर्षीय सनबहादुर भुजेल, ४१ वर्षीय चेतबहादुर घर्ती, ३५ वर्षीया शान्ति भुजेल , ११ वर्षीय आयुष भुजेल, १० वर्षीय ईश्वर भुजेल र ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, ७ वर्षीया आयुषा भुजेल र सानुभाइ भुजेल रहेका छन् ।

आँबुखैरहनी प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ ।