११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग

माधव नेपालको गुनासो – हामीलाई बाइपास गरियो, दम्भ देखाए गठबन्धन टुट्न सक्छ

माधव नेपालको गुनासो – हामीलाई बाइपास गरियो, दम्भ देखाए गठबन्धन टुट्न सक्छ
file
अ अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनमा आफूहरुलाई बाइपास गरिएको गुनासो गर्नुभएको छ । आज सुर्खेतको बीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मलेनमा उहाँले गठबन्धन टिकाउने भए सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताउनुभयो ।

उहाँले प्रचण्डले दम्भ देखाए कुनै पनि बेला गठबन्धन टुट्न सक्ने बताउनुभयो । ‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै वेवास्ता गरिएको छ, एकलौटी गर्न खोजिएको छ, गठबन्धन टिकाउने कुरा भइरहेको बेलामा हामीलाई बाइपास गरेर पीडा दिने काम भएको छ, यो ढंगले गठबन्धन अघि बढ्न सक्दैन’, उहाँले भन्नुभयो । उहाँले गठबन्धनले आफ्नो पार्टीलाई बाइपास गरेपछिको पीडा आफूले पोखेको बताउनुभयो ।

उहाँले समाज समृद्धि भए मात्रै जनता खुसी हुने भन्दै आफ्नो पार्टी समाज समृद्ध बनाउने अभियानमै लागेको बताउनुभयो । उहाँले पार्टीका सबै नेता तथा कार्यकर्तालाई सबै खाले भ्रष्टाचार र विकृतिबाट टाढा रहन निर्देशन दिएको समेत स्पष्ट पार्नुभयो । उहाँले आफू प्रधानमन्त्री भएका बेलामा देश विकासका लागि महत्वपूर्ण काम गरेको बताउनुभयो ।