३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रायल पास गर्नेलाई यातायात विभागले दुई थरी लाइसेन्स दिने



अ+ अ-

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) २ तरिकाको दिने भएको छ । विभागले ट्रायल पास गरेको एक वर्षको अवधिका लागि प्रोभिजनल (परीक्षणकाल) लाइसेन्स र परीक्षणकाल उत्तीर्ण भए मात्र स्मार्ट लाइसेन्स दिइने व्यवस्था गर्न लागेको हो ।

विभागका महानिर्देशक नवराज घिमिरेका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा ट्रायल पास गरेको शुरुको एक वर्षका लागि परीक्षणकालमा रहने गरी दिइने भन्ने व्यवस्था रहेकाले कानूनमा भएको व्यवस्थालाई कडाइका साथ पालना गर्न चालकलाई २ प्रकारको लाइसेन्स दिने व्यवस्था गरिएको बताए ।

परीक्षणकालको एक वर्षको अवधिमा चालकले ५ पटक ट्राफिक नियम उल्लंघन गरेमा लाइसेन्स खारेज हुने घिमिरेले बताए । स्मार्ट कार्ड प्वाल पार्न मिल्दैन । तर प्रोभिजनल लाइसेन्स प्वाल पार्न मिल्छ । 

ट्राफिक तथा विभागले लाइसेन्समा परेको प्वालको आधारमा चालकले कति पटक नियम उल्लंघन गरेको भन्ने विवरण थाहा पाउँछन् । एक वर्षको परीक्षणकाल अवधिमा ५ पटकभन्दा कम नियम उल्लंघन गर्नेलाई भने स्मार्ट लाइसेन्स दिइनेछ । 

नयाँ लाइसेन्स प्राप्त गर्नेलाई ट्राफिक नियम उल्लंघन गर्दा लाइसेन्स खारेज हुन्छ भन्ने ज्ञान दिन एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिन लागिएको उनको दावी छ ।

विभागले २०७८ जेठबाटै परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको थियो । तर निषेधाज्ञाका कारण योजना अनुसार अघि बढ्न नसकेको उनले बताए ।

निषेधाज्ञा खुकुलो भएमा साउन १ गतेबाट पीभीसी कार्डबाट निर्मित लाइसेन्स वितरण शुरु गर्ने विभागको योजना छ ।