२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

कञ्चनपुर खन्ने खोलाको बाँध बग्योः बस्ती उच्च जोखिममा

कञ्चनपुर खन्ने खोलाको बाँध बग्योः बस्ती उच्च जोखिममा
अ अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिका-७ खन्ने खोलामा निर्माण गरिएको झण्डै दुई सय मिटर तटबन्धसंगै बाँध बगेपछि चुरे फेदीका बस्ती जोखिममा परेका छन् । चुरे क्षेत्रमा आएको वर्षाका कारण खन्ने खोलाले तीन दिन अघि करिब दुई सय मिटर तटबन्धसंगै बाँध बगाएको हो । 

खोलामा ढुङ्गा, बालुवा र ग्रेगरले भरिएर तटबन्ध भन्दा अग्लो भएपछि खोला सहजै बस्तीमा छिर्ने अवस्थमा रहेको छ । एक घण्टाको वर्षामै चुरेको खहरे खन्ने खोलामा आएको बाढीले तटबन्धसंगै बाँध भत्काएर लगेको छ । बाढी बस्तीमा छिरे उब्जाउ जग्गा बालुवाले पुरिने चिन्ता स्थानीयवासीको छ । 

विगतमा समेत खोलमा तटबन्ध र बाँध निर्माण नगरिदा उब्जाउ खेत पूरै बालुवाले पुरिँदै जान थालेपछि स्थानीयवासीले बस्तीनै छाडेर पलायन हुन थालेका थिए । त्यसपछि चुरे क्षेत्रको बस्ती जोगाउन विगतमा तीन किलोमिटर तटबन्धसंगै बाँध निर्माण भएपछि बस्तीका बासिन्दा ढुक्कसंग बस्दै आएका हुन् । “बाँध भत्किएपछि खोला पुरानै रुपमा फर्किने चिन्ता छ”, स्थानीयवासी धर्मा भण्डारीले भन्नुभयो, “यस्तै अवस्था रहे तराईको उब्जाउ जग्गा केही वर्षमै बालुवाले पुरिन्छ ।”

घरपालुवा जनावरको चरन क्षेत्रका रुपमा प्रयोग हुनु, काठपातको तस्करी बढ्नु र नदीजन्य पदार्थको उत्खनन् जथाभावी रुपमा हुन थालेपछि केही वर्ष यतादेखि चुरे क्षेत्रमा बाढीको प्रकोप बढन थालेको स्थानीयवासीको भनाइ छ । चुरे क्षेत्रमा अनावश्यक रुपमा भैरहेको मानवीय क्रियाकलपाका कारण तराई क्षेत्रमा बाढीले जग्गा कटान, पटान र डुवानको समस्या निम्त्याउँदै आएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका प्रध्यापक भुपेन्द्र बिष्टले भन्नुभयो, “चुरे पहाड संवेदनशील क्षेत्र भएकाले त्यहाँको भौगोलिक अवस्थाको अध्ययन अबलोकन नगरिकनै प्राकृतिक बस्तुहरुको उत्खनन् र सङ्कलन गर्ने कार्य रोक्नु पर्छ । वैज्ञानिक विधिबाट मात्रै नदीजन्य पदार्थको निकासी गर्नुपर्छ ।” नदी खोलाको मुहान थुन्ने हिसावले बन्ने भौतिक संरचना निर्माणले समेत विपद्को समस्या निम्त्याउदै आएको उहाँको भनाइ छ । 

“खोलाको दीर्घकालीन व्यवस्थापन नगरे हल्दुखाल, तिलकपुरदेखि महेन्द्रनगर सम्मको बस्तीमा बाढीले प्रभाव पार्छ”, भीमदत्त नगरपालिका-७ का वडाध्यक्ष शङ्कर बहादुर कुवँरले भन्नुभयो, “खोला नियन्त्रणका लागि पहल गर्नु आवश्यक छ । यसका लागि वडाको बजेटले धान्दैन ।”

नगरपालिका, प्रदेश र सङ्घीय सरकारको ध्यान यसतर्फ जानु आवश्यक रहेको उहाँको भनाइ छ । उहाँका अनुसार भत्किएको बाँधको मर्मत कार्य शुरु गरिएको छ । नगरपालिकाले स्काभेटर र प्राविधिकको टोली पठाइ खोलाका बोल्डर हटाउने कार्य भैरहेको छ । “रोकथामको प्रयास भैरहेको छ”, उहाँले भन्नुभयो, “स्थायी तटबन्ध निर्माणका लागि महाकाली सिचाई तेश्रो चरणका कार्यालय प्रमुखले खोलाको अनुगमन पश्चात रु ५० लाखको बजेट छुटयाई यसै महिनाबाट ठेक्का प्रक्रियाको काम अगाडि बढाउने अश्वासन दिएको छ ।”

खन्ने खोला नियन्त्रणको प्रयास नगरिए महाकाली तेश्रोचरणको नहरका संरचनामा समेत प्रभाव पार्ने देखिएको छ । महाकाली सिँचाई तेस्रो चरणका कार्यालय  प्रमुख रणबहादुर बमले चुरे पहाडका खोला नदीमा आउने बाढीका कारण नहर संरचनामा समेत जोखिममा परेको बताउनुभयो । तत्कालै तटबन्ध निर्माणका लागि कार्य अगाडी बढाइने उहाँको भनाइ छ । चुरे क्षेत्र भएर बग्ने नदीहरु तराईको जलाधारको प्रमुख आधारका रुपमा रहेका छन् । 

चुरे भएर बग्ने खन्याखोला, कामीकाँटे खोला, रौटेला खोला, मुसेपानी खोला, सुनवरा नदी, झरना खोला, दोदा नदी, स्याली नदी, पथरैया नदी र बल्मालगायत नदीले वर्सेनि तराईमा भू-क्षय, डुवान र चुरे नजिकका बस्तीमा बालुवा ढुङ्गाले जग्गा पुरेर बगरमा परिणत गर्दै आएको छ । चुरे क्षेत्रको विनास नरोकिए अन्नको भण्डार भनिने तराई क्षेत्र बगरमा परिणत भै भोकमरीको समस्या निम्तीने जानकारहरु बताउँछन् । (रासस,राजेन्द्रप्रसाद पनेरु)