२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपः आज तीन खेल हुँदै



अ+ अ-

एजेन्सी । युरो कपको समूह चरण अन्तर्गत आज तीन खेलहरु हुँदैछन् । 

पछिल्लो खेलसम्म आइपुग्दा समूह चरणका ७ खेलहरु सम्पन्न भइसकेका छन् ।

जसमा इटाली, फिनल्यान्ड, बेल्जियम, इंग्ल्यान्ड, अष्ट्रिया र नेदरल्यान्ड्सले पहिलो जित दर्ता गरेका छन् । यस्तै वेल्स र स्वीट्जरल्यान्डले भने बराबरी खेल्दै अंक बाँडेका छन् ।

आज पहिलो खेलमा समूह डी मा रहेको स्कटल्यान्डले चेक रिपब्लिकसँग भिड्दैछ । खेल नेपाली समयानुसार ६ः४५ बजे स्कटल्यान्डको हाम्प्डेन मैदानमा हुनेछ ।

यस्तै दोस्रो खेलमा पोल्यान्ड र स्लोभाकियाबीच रसियाको क्रेस्टोभ्स्की मैदानमा आमनेसामने हुँदैछन् । खेल ९ः४५ बजे हुनेछ ।

आजै तेस्रो खेल मध्यरातमा स्पेन र स्वीडेनबीच स्टेडिओ डी ला कार्टुजामा हुँदैछ । राति १२ः४५ बजे दुबै टिम आमनेसामने हुनेछन् ।