३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपः आज तीन खेल हुँदै



अ+ अ-

एजेन्सी । युरो कपको समूह चरण अन्तर्गत आज तीन खेलहरु हुँदैछन् । 

पछिल्लो खेलसम्म आइपुग्दा समूह चरणका ७ खेलहरु सम्पन्न भइसकेका छन् ।

जसमा इटाली, फिनल्यान्ड, बेल्जियम, इंग्ल्यान्ड, अष्ट्रिया र नेदरल्यान्ड्सले पहिलो जित दर्ता गरेका छन् । यस्तै वेल्स र स्वीट्जरल्यान्डले भने बराबरी खेल्दै अंक बाँडेका छन् ।

आज पहिलो खेलमा समूह डी मा रहेको स्कटल्यान्डले चेक रिपब्लिकसँग भिड्दैछ । खेल नेपाली समयानुसार ६ः४५ बजे स्कटल्यान्डको हाम्प्डेन मैदानमा हुनेछ ।

यस्तै दोस्रो खेलमा पोल्यान्ड र स्लोभाकियाबीच रसियाको क्रेस्टोभ्स्की मैदानमा आमनेसामने हुँदैछन् । खेल ९ः४५ बजे हुनेछ ।

आजै तेस्रो खेल मध्यरातमा स्पेन र स्वीडेनबीच स्टेडिओ डी ला कार्टुजामा हुँदैछ । राति १२ः४५ बजे दुबै टिम आमनेसामने हुनेछन् ।