२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खनालको स्वास्थ्य अवस्था सामान्य



अ+ अ-

काठमाडौं । स्वास्थ्यमा समस्या आई सोमबार विहान नर्भिक अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको र अक्सिजन सपोर्टमा उपचार जारी राखिएको छ । नेता खनालको अवस्था सामान्य रहेको र रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ। 

विगत नौ दिनदेखि ज्वरो आएको र थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि खनाललाई सोमबार विहान ८ बजे अस्पताल भर्ना गरिएको थियो ।