२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ अफिसमा काम गर्दा पनि आफूलाई फिट्नेस राख्ने तरिका, हेर्नुहोस्



अ+ अ-

काठमाडौँ । महिलाहरु व्यस्तताको कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्दे आइरहेका छन् । उनीहरु घरबाट बहिर अफिसमा होस् वा विभिन्न व्यवसायहरुमा काम गरिरहेका हुन्छन् ।

काममा व्यस्त हुँदा महिलाहरु स्वास्थ्यको ख्याल राख्ने काममा ध्यान पुर्‍याउन सकिरहेका हुँदैनन् । कतिपय महिलामा मोटोपनको समस्या देखिएको छ ।

आफूलाई फिट र स्वस्थ राख्नको लागि विभिन्न उपायहरु छन् । तलका उपायलाई दैनिक दिनचर्याका रुपमा आफैले प्रयोग गर्न सकिन्छ । विज्ञहरुले स्वास्थ्यको स्याहारका लागि निम्न टिप्सहरु दिएका छन् :

  • यदि तपाइँको अफिस माथिल्लो तल्लामा छ भने त्यहाँ जानको लागि लिफ्टको प्रयोग नगरी सिँढी चढेर जानु उत्तम हुन्छ यसले तपाइँको फिटनेस कायमै रहन्छ ।
  • अत्याधिक मात्रामा पानी पिउनु पर्छ । काम गर्दा धेरै व्यक्तिहरु चिया(कफि वा चिसो पेय पदार्थ लिने गर्दछन् यसले शरीरलाई हानी गर्दछ । कम्तिमा दिनभर १० गिलास पानी पिउनुपर्छ यसले शरीरमा पानीको मात्रा पुरा गर्दछ । मौसम अनुसार फलफूलको रसहरु पनि लिन सकिन्छ ।
  • सामान्यतया अफिसमा कम्प्युटरमा काम गर्दा एकै ठाँउमा लामो समयसम्म बसिरहनु हुँदैन। बेला-बेलामा कुर्सीबाट उठ्नुहोस र हिँड्नुहोस । अफिसमा अर्को सेक्सनमा बस्ने व्यक्तिलाई कल गर्न पठाउनुको सट्टा आफै जानुहोस र कुरा गर्नुहोस । यसले तपाइँ हिँड्न सक्षम हुनुहुनेछ र स्वास्थ्यको लागि पनि फाइदा हुनेछ ।
  • कतिपय मानिस काममा व्यस्त हुन्छन् । उनीहरुले खानेकुरामा ध्यान दिँदैनन् । खानामा भारी खाना लिनुभन्दा सन्तुलित भोजन लिनु राम्रो हुन्छ । मसलादर खानाको सट्टा आफुलाई प्रोटिन, भिटामिन, कार्बोहाइड्रेट र फाइबरयुक्त खानुपर्दछ । खाजामा रोटी, तरकारी, दही, सलाद आदि लिँदा स्वास्थ्यलाई फाइदा हुन्छ । अफिसमा काम गर्दा भोक लागेको अवस्थामा बदाम, पपकर्न, ड्राईफुड जस्ता खाने कुरा खाँदा राम्रो हुन्छ । घरमा होस वा अफिसमा केही समय छुट्याएर आफुलाई फिट राखेर स्वास्थ्यको हेरचाह गर्न सकिन्छ ।