३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिंसात्मक अभिव्यक्ति दिने कांग्रेस सांसद वैद्यलाई पक्राउ गर्न गृहमन्त्रीसँग माग



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । 

उनीहरुले सोमबार गृहमन्त्री खगराज अधिकारीलाई भेटी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने वैद्यको अभिव्यक्तिप्रति फौजदारी कानुन समेत आकर्षित हुने भन्दै अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।

अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल खेलकुद महासंघ, राष्ट्रिय युवा संघ नेपाल, मुस्लिम इत्तेहाद संगठन,पेशागत महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रतिनिधिले गृहमन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

आफ्नो सांसदले आपत्तिजना अभिव्यक्ति दिँदा पनि नेपाली कांग्रेसले अझै मौनता साँधेको भन्दै उनीहरुले विरोध जनाएका छन् । प्रतिनिधिले प्रदेशसभामा आपत्तिजनक अभिव्यक्ति दिँदा सांसदहरुले विरोध नगर्नु खेदजन्य विषय भएको बताएका छन् ।

गत शुक्रबार वाग्मती प्रदेशसभामा कांग्रेस सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिको विरोध भएपछि उनले प्रदेशसभामा माफी मागेका थिए ।

हेर्नुहोस् ज्ञापनपत्र