३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ महिनाको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढ्यो, कारोबारको सर्वाधिक हिस्सा अरुणभ्यालीले ओगट्यो



अ+ अ-

काठमाडौं । सोमबार नेप्से परिसूचक  १ दशमलव ४३ प्रतिशत बढेर ३ हजार २५ दशमलव ८३ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनभन्दा यो दिन ४२ दशमलव ७२ अंकले नेप्से परिसूचक बढेको हो । 

यस दिन ३ हजार ९ दशमलव ४६ विन्दुदेखि खुलेको बजार ३ हजार ५१ विन्दुसम्म पुगेको थियो । नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा घटेको छ । सोमबार रू. १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार बराबरको ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर कारोबार भएको छ ।

सोमबार सर्वाधिक रकमको कारोबारको हिस्सा अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले ओगटेको छ । उक्त कम्पनीको रू. ६२ करोड ५९ लाख ९३ हजार बराबरको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य भने यो दिन ४ दशमलव ७० प्रतिशत घटेर रू. ५४७ कायम भएको छ । अघिल्लो कारोबार दिनको भन्दा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २७ ले घटेको हो । 

यस दिन एक दर्जन कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेर कारोबार भएको छ । नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन १० प्रतिशतले बढेको छ ।

त्यस्तै ङदी ग्रुप पावरको ९ दशमलव ९८ प्रतिशत, ओरियण्टल होटलको ९ दशमलव ९६ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९ दशमलव ९६ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ९ दशमलव ९५ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव ८५ प्रतिशतले बढेको छ ।

यसैगरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमण्ट एण्ड डेभलपमेण्ट कम्पनीको ९ दशमलव ८१ प्रतिशत, सोल्टी होटलको ९ दशमलव ७७ प्रतिशत र हिमालयन डिष्टिलरीको ९ दशमलव ७० प्रतिशत मूल्य बढेको छ ।

दोहोरो उच्च अंकले बढेको दिन सोमबार सबैभन्दा बढी शेयरमूल्य माउण्टेन हाइड्रो नेपालको घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले घटेर अन्तिम मूल्य रू. ३९८ मा झरेको छ ।