• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति ★   एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली ★   छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ? ★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन ★   आगामी बजेटमा युवा विदेश पलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन सांसदहरुको माग ★   नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

सामान्य अङ्कले घट्यो नेप्से



काठमाडौँ । आज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो ।

नेप्सेका अनुसार आज दुई सय ७१ वटा कम्पनीको २३ लाख ३६ हजार छ सय २५ कित्ता शेयर २१ हजार छ सय ४९ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ६९ करोड २२ लाख ७१ हजार सात सय ५५ मा खुम्चिएको छ ।

आज नेप्सका उपसूचहरुमध्ये केही रातो र केही हरियो देखिएका छन् । विकास बैंक समूह एक दशमलव ५९, वित्त समूह दुई दशमलव १८ र होटल तथा पर्यटन समूह १० दशमलव १७ अङ्कले बढेका छन् ।

त्यस्तै, जीवन बीमा तीन दशमलव ९३, उत्पादन तथा प्रशोधन नौ दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव २४ अङ्कले बढेको छ । आज घट्नेमा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक सबैभन्दा धेरै ३१ दशमलव ५७ अङ्कले घटेको छ ।

त्यसैगरी, बैंकिङ समूह एक दशमलव ०६, जलविद्युत् समूह २० दशमलव ६६, लगानी समूह शून्य दशमलव १६, लघुवित्त समूह २० दशमलव ६० र निर्जीवन बीमा समूह २६ दशमलव २५ अङ्कले घटेको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव २० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य चार दशमलव ६० प्रतिशतले घटेको छ । रासस