• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने ★   सरकारको आँकलन: एक वर्षको अवधिमा विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँको क्षति ★   वैज्ञानिकहरूले पत्ता लगाए संसारको सबैभन्दा गहिरो खाडल ★   ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने ★   दमकमा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार ★   विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ: गृहमन्त्री लामिछाने ★   एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर ★   सार्वजनिक सेवा प्रशारण फेरि मन्त्रालयको हालीमुहाली हुनेगरी अघि बढेको छ: नेता रिजाल ★   सूचनाका श्रोत फराकिलो भएपनि विचारहरु संकुचित हुँदैछन्: प्रमुख सचेतक परियार ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने

सामान्य अङ्कले घट्यो नेप्से



काठमाडौँ । आज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो ।

नेप्सेका अनुसार आज दुई सय ७१ वटा कम्पनीको २३ लाख ३६ हजार छ सय २५ कित्ता शेयर २१ हजार छ सय ४९ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ६९ करोड २२ लाख ७१ हजार सात सय ५५ मा खुम्चिएको छ ।

आज नेप्सका उपसूचहरुमध्ये केही रातो र केही हरियो देखिएका छन् । विकास बैंक समूह एक दशमलव ५९, वित्त समूह दुई दशमलव १८ र होटल तथा पर्यटन समूह १० दशमलव १७ अङ्कले बढेका छन् ।

त्यस्तै, जीवन बीमा तीन दशमलव ९३, उत्पादन तथा प्रशोधन नौ दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव २४ अङ्कले बढेको छ । आज घट्नेमा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक सबैभन्दा धेरै ३१ दशमलव ५७ अङ्कले घटेको छ ।

त्यसैगरी, बैंकिङ समूह एक दशमलव ०६, जलविद्युत् समूह २० दशमलव ६६, लगानी समूह शून्य दशमलव १६, लघुवित्त समूह २० दशमलव ६० र निर्जीवन बीमा समूह २६ दशमलव २५ अङ्कले घटेको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव २० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य चार दशमलव ६० प्रतिशतले घटेको छ । रासस