१९ मंसिर २०८२, शुक्रबार
,
Latest
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचनाका श्रोत फराकिलो भएपनि विचारहरु संकुचित हुँदैछन्: प्रमुख सचेतक परियार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सूचनाका श्रोतहरु फराकिलो भएपनि विचारहरु संकुचित हुँदै गएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको पत्रकारिताले अब विचारमा फराकिलो भएर काम गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालको समाज रुपान्तरण र समावेशी बनाउन र संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउनलाई अब नेपालको पत्रकारिता जगतले भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले संविधानमा व्यवस्था गरेका कुराहरुमा राजनीतिक पार्टीहरु सचेत छन् की छैनन् ? भन्नेकुरामा बहस हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज आएर सूचनाका श्रोतहरु फराकिलो भएपनि विचारहरु संकुचित हुन थालेका छन् । नेपालको पत्रकारिताले अब विचारमा अलि बढी र फराकिलो काम गर्नुपर्छ । नेपालको समाज रुपान्तरण र समावेशी बनाउन र संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउनलाई अब नेपालको पत्रकारिता जगतले अझ बढी भुमिका खेल्नुपर्छ । पत्रकार महासंघले एउटा अभियान छेड्नुपर्छ की, संविधानमा व्यवस्था गरेका कुराहरुमा राजनीतिक पार्टीहरु सचेत छन् की छैनन् ? संविधान बमोजिम राजनीतिक पार्टीहरुले आफ्नो कर्म गर्छन् की गर्दैनन् ? त्यतातिर कलम तिखार्नुपर्नेछ ।’

प्रमुख सचेतक परियारले ठूलो संघर्षबाट ल्याएको व्यवस्थाप्रति राजनीतिक पार्टीहरु नै विश्वास गुमाउन थालेको बताउनु भयो ।