१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

दुई महिनामै बन्द हुँदै कपिल शर्माको कमेडी शो

दुई महिनामै बन्द हुँदै कपिल शर्माको कमेडी शो
अ अ+ अ-

एजेन्सी । चर्चित भारतीय कमेडियन कपिल शर्माको शो ‘द ग्रेट इन्डियन कपिल शो’ दुई महिनाअघि फरक तरिकाले ओटीटी प्लेटफर्म नेटफ्लिक्समा नयाँ स्वादका साथ सुरु भएको थियो । सधैं झैँ कपिल र उनको टोलीले दर्शकलाई निकै मनोरञ्जन दिए ।

यो कमेडी शोले विश्वभरका मानिसहरुको निकै राम्रो प्रतिक्रिया पाएको छ । तर अहिले यो शोसँग जोडिएको चकित पार्ने खबर आएको छ । कपिल शर्माका फ्यानका लागि एउटा स्तब्ध पार्ने खबर छ ।

१९२ देशमा प्रशारण भइरहेको कमेडियनको लोकप्रिय शो ‘द ग्रेट इन्डियन कपिल शो’ प्रिमियर भएको दुई महिनाभित्रै बन्द हुँदैछ । कार्यक्रमको अन्तिम एपिसोड यही शनिबार प्रसारण हुँदैछ ।

बिहीबार, शोको जज अर्चना पूरन सिंहले आफ्नो इन्स्टाग्राम स्टोरीहरूमा ‘द ग्रेट इन्डियन कपिल शो’को सेटबाट र्यापअपको तस्विर साझा गरिन् । एक केकका साथको तस्बिरमा क्याप्सनमा लेखिएको थियो । ‘सिजन सकियो ।’

पछि पिंकभिल्लासँग कुरा गर्दै अर्चनाले ‘द ग्रेट इन्डियन कपिल शो’ अफ एयर हुने कुरा पनि पुष्टि गरिन् । उनले भनिन्, ‘हो, हामीले पहिलो सिजनको छायांकन पूरा गरिसकेका छौं । हामीले हिजो सिजनको अन्तिम एपिसोड छायांकन गरेका थियौं ।” उनले थपिन्, “सेटमा धेरै रमाइलो र सेलिब्रेशन भयो, यो शोमा अहिलेसम्मको यात्रा निकै राम्रो रह्यो । यो एक अद्भुत यात्रा थियो र हामीले सेटमा केही अद्भुत समय बितायौं ।’

‘द ग्रेट इन्डियन कपिल शो’ दुई महिनामै बन्द भएको खबरले सबैलाई छक्क पारेको छ । कपिल शर्माको शो यति चाँडो बन्द भएको यो पहिलो पटक हो ।

शोका कलाकार किकु शारदाले ‘द ग्रेट इन्डियन कपिल शो’ बन्द गर्नुको कारण खुलाएका छन् । किकुले भने कि यो अस्थायी र्यापअप हो । न्यूज १८सँग कुरा गर्दै किकुले भने, ‘हामीले १३ एपिसोड पूरा गरिसकेका छौं । हामीले भर्खरै पहिलो सिजन पूरा गर्यौं। यसको दोस्रो सिजन चाँडै आउँदैछ ।’

उनले दुई सिजनको बीचमा धेरै अन्तर नहुने बताए । टेलिभिजनमा लामो समयसम्म शो चल्ने गर्दथ्यो तर अहिले ढाँचा फेरिएको छ । हामी चाँडै फर्कनेछौं । यो र्‍याप जस्तो लाग्छ किनभने हामीले यसलाई त्यस्तै देख्यौं । तर यो अस्थायी हो ।

द ग्रेट इन्डियन कपिल शो मार्च ३०, २०२४ मा नेटफ्लिक्समा प्रिमियर भयो, जसमा रणवीर कपूर, नीतु कपूर र रिद्धिमा कपूर साहनी अतिथिको रूपमा थिए ।