२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

अनेरास्ववियु अछामद्वारा रक्तदान कार्यक्रम आयोजना, १३ पिन्ट रगत संकलन

अनेरास्ववियु अछामद्वारा रक्तदान कार्यक्रम आयोजना, १३ पिन्ट रगत संकलन
अ अ+ अ-

काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गरपछि अस्पतालमा रगतको अभाव पनि हुँदै गएको छ। कोरोनामा महामारीमा राज्यको सम्पूर्ण ध्यान केन्द्रीत हुँदा गैरकोभिड रोगहरुको उपचारका सवाल छायामा परेको छ । त्यसमाथि थप कोरोना संक्रमण गर्ने त्रासका कारण रक्तदाताहरुको संख्या उल्लेख्य मात्रामा घट्दै जाँदा अस्पतालहरुमा रगतको अभाव हुँदै गएको छ । 

स्वेच्छाले रक्तदान गर्ने व्यक्तिहरु पनि कोरोनाको डरले पछि हट्दा अस्पतालहरुमा सहज रुपमा रगत पाइँदैन । जिल्लामा रगतको अभाव हुन थालेपछि विश्व रक्तदाता दिवस अवसरमा सोमबार नेकपा एमाले समर्थित युव संघ नेपाल र अनेरास्ववियु अछामले बयलपाटा अस्पतालमा रगतदान गरेको छ्न् । 

अस्पतालमा संगठनका नेताहरू आफैले रगतदान गरेको छ्न् । युवा संघ नेपाल र  अनेरास्ववियु अछामले आयोजना गरेको रक्तदानमा १३ पिन्ट रगत संकलन भएको छ । रक्तदान कार्यक्रम सहभागी नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा साँफेबगर नगर कमिटी कुलबहादुर कुँवरले अस्पतालमा अप्रेशन गरेर बच्चा जन्माउने, सुत्केरी हुँदा धेरै रगत बगेर जीवन मरणको दोसाँधमा परेकाहरुको लागि आवश्यक पर्ने रगत अभाव हुन नदिनको लागि रगतदान गरिएको बताउनु भएको छ। 

उहाँले बिपत्तिको सामानाको लागि युवाको भुमिका अझै बढी हुन आवश्यक रहेको बताउनुभयो । अहिले बिरामीका आफन्त तथा रक्तदान गर्न इच्छुकलाई मनोवैज्ञानिक प्रेरणा दिएर रगत संकलन गरिएको युव संघ नेपालका केन्द्रीय सचिव दिपकले बताउनुभयो । 

उहाँले  २५ देखि ३० पिन्ट रगत जम्मा गर्न लक्ष्य भएपनि प्रतिकुल मौसमका कारण १३ पिन्ट रगत संकलन भएको बताउनुभयो । पार्टीको समन्वयमा भातृ संगठनहरुले जनतालाई गाउँघरमा गएर औषधि देखि माक्स पनि बितरण गरिएको पनि उहाँको भनाई रहेको छ ।  

युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् अछाम अध्यक्ष हिरिण्ड कुँवरले अस्पतालमा रगतको आवश्यकता परेमा युव संघले पनि ब्लड डोनेशनका कार्यक्रम पुनः पनि आयोजना गर्ने जानकारी दिनुभयो । उहाँले जिल्लामा अस्पतालमा पनि रक्तदानको गरिने जानकारी दिनुभयो । 

कोरोना महामारी बढेसँगै अस्पतालाई रगत जुटाउन चुनौती बढकोले रगतदान गरिएको अनेरास्ववियुका केन्द्रिय सदस्य एवम् अछाम अध्यक्ष शंकर विष्टको भनाई रहेको छ । रक्तदान कार्यक्रममा साँफेबगर नगरपालिका वडा नं ११ देबिस्थानका सचिव धुर्ब बिक, नेपाल पत्रकार महासंघका सुदुरपश्चिम् सदस्य त्पेन्द्र कुँवर,  युवा संघका केन्द्रीय सदस्य जितेन्द्र कुँवर, मुकेश सुनार,अनेरास्ववियुका केन्द्रीय सदस्य टेक बटाला, अनेरास्ववियुका जिल्ला उपाध्यक्षद्व्य भिम बडाहित, एकेन्द्र कुँवर, सहसचिव मनिश बिक, केशव कुँवर, अनु कुवर , साँफेबगर नगरपालिका सामाजिक सहजकर्ता बिक्रम आउजी, बयलपाटा अस्पतालका स्वास्थकर्मीहरु , रक्तदाता लगाएतको सहभागिता रहेको थियो।