३० भाद्र २०८३, मंगलवार
,
Latest
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा पुनः एकसाता निषेधाज्ञा थपियो



अ+ अ-

चौतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले यही जेठ मसान्त सम्म लगाएको निषेधाज्ञालाई पुनः सात दिन थप गरी आगामी असार ७ गते राति १२ वजेसम्म कायम गरेको छ ।

कोरोना भाइरस सङ्क्रमितको संख्यामा कमी नआएपछि निषेधाज्ञालाई निरन्तरता दिईएको प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले जानकारी दिनुभयो ।

कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि गत वैशाख २३ गते देखि निषेधाज्ञा लगाईदै आएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन र निस्कनै परेमा स्वास्थ्य मापदण्ड अपनाउन समेत जिल्ला प्रशासन कार्यालयले सर्वसाधरणलाई आग्रह गरेको छ ।

जिल्लामा आजसम्म कुल सङ्क्रमितको संख्या तीनहजार पाँचसय ९०, सक्रिय सङ्क्रमित एकहजार पाँचसय ६०, निको हुनेको संख्या दुईहजार ४६ र मृतकको संख्या २८ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।