२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिकाः अर्जेन्टिना बराबरीमा रोकियो



अ+ अ-

काठमाडौैं । कोपा अमेरिकाको समूह ‘ए’ को खेलमा अर्जेन्टिनासंग चिली १–१ को बराबरीमा रोकिएको छ । अर्जेन्टिनाका लागि लियोनल मेसीले फ्री किकबाट गोल गरेका थिए । 

खेलको पहिलो हाफमा मेसीले फ्री किकबाट गोल गर्दै अर्जेन्टिनालाई गोल दिलाएका थिए ।

तर एडुवार्डो भारगासले पनि चिलीका लागि एक गोल गर्दै बराबरी बनाउन सफल रहे। यसबीच आरटुरो भिडालले चिलीका लागि पेनाल्टी प्रहार गरेपनि गोलमा परिणत भने हुन सकेन ।