६ भाद्र २०८३, शनिबार
,
Latest
कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’ चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले टोटेनहमलाई ४–३ ले हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले रोमाञ्चक जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा लिभरपुलले टोटेनहमलाई ४–३ गोलले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले १५ मिनेट भित्रै तीन गोलको अग्रता बनाएको थियो ।

खेलको तेस्रो मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । पाँचौं मिनेटमा लुइस डियाजले गोल थप्दै लिभरपुलको अग्रता दोब्बर पारे । १५ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए ।

३९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई १–३ को स्थितीमा ल्याए । ७७ औं मिनेटमा सन हेउगं मिनले तथा इन्जुरी समयको ९०+३ मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटेनहमलाई ३–३ को बराबरीमा ल्याए । तर इन्जुरी समयमा नै ९०+४ मिनेटमा डिओगो जोटाले गोल गर्दै लिभरपुललाई रोमाञ्चक जित दिलाए ।

यो नतिजासँगै ३३ खेलबाट ५६ अंकका साथ लिभरपुल तालिकाको पाँचौं स्थानमा रहँदा एक खेल बढी खेलेको टोटेनहम ५४ अंकका साथ छैटौं स्थानमा छ ।




भर्खरै