२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

संवैधानिक आयोग प्रति श्रेष्ठको गम्भिर आरोप, लिखित रुपमा फैसला दिन थापाको सुझाब

संवैधानिक आयोग प्रति श्रेष्ठको गम्भिर आरोप, लिखित रुपमा फैसला दिन थापाको सुझाब
अ अ+ अ-

काठमाडौ । जनता समाजबादी पार्टीका बारेमा निर्बाचन आयोगले दिएको निर्णय प्रति कटाक्ष गर्दे नेकपा माओबादी केन्द्रका प्रबक्ता नारायणकाजी श्रेष्ठले सबैधानिक निकायहरु सरकारको कठपुतली भएको आरोप लगाउनु भएको छ ।

सामाजिक संञ्जाल मार्फत श्रेष्ठले सबैधानिक आयोगहरु प्रति आक्रोश व्यक्त गर्दे यस्तो कार्यबाट कानुन र लोकतन्त्रको धज्जी उडाउने काम भएको टिप्पणी गर्नुभयो ।

श्रेष्ठले लेख्नुभएको छ– "निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ।संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ।जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ।नेकपाको बारेमा पनि यस्तै गरिएको थियो ।अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो ।"

श्रेष्ठको टिप्पणी माथी प्रतिक्रिया जनाउदै प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सबैधानिक आयोगहरुले के के गर्नुपर्ने हो लिखित रुपमानै फैसला नै दिए पछि भत्र्सना गर्न नपर्ने हो कि भन्दै सुझाब दिनुभएको छ ।

थापाले लेख्नुभएको छ –

"अदालत, निर्वाचन आयोग लगायत संवैधानिक आयोगहरूलाई के के गराउनुपर्ने हो, समयमै लिखितरूपमा फैसला लेखेर उपलब्ध गराउने हो कि ? अनि निर्णयपछि यसरी भर्त्सना गर्ने कष्ट गर्नुपर्ने थिएन । पार्टी त फरक परिहाल्यो, एउटा सुझावसम्म दिनु उपयुक्त सम्झें ।"

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले मात्र होईन राप्रपा अध्यक्ष कमल थापाले पनि श्रेष्ठको टिप्पणी प्रति असहमति जनाउनु भएको छ ।  उहाँले पनि नेता श्रेष्ठलाई आफू शक्तिमा रहदा गरे.को कार्य संम्झन स्मरण गराउनु भएको छ ।

 थापाले लेख्नु भएको छ – "प्रचण्डजी र देउवाजीले आयोग र अदालतलाई दवाव दिएर राप्रपा बिभाजन गराएको बिर्सनु भयो ? आयोग र अदालत लाई कठपुतली बनाउने काम  जसले गरेपनि गलत नै हो  थापाले श्रेष्ठलाई जबाफ फर्काउनु भएको छ । "

उहाँले लेख्नु भएको छ – "निर्वाचन आयोग कठपुतली भयो भनिरहँदा म राप्रपा विभाजनको दुःखद घटना सम्झि रहेछु। प्रचण्डजी र देउवाजीले आयोग र अदालतलाई दवाव दिएर विना सनाखत,विना कानुनी आधाररप्रमाण राप्रपालाई टुक्राई दिनुभयो। अदालत र आयोगलाई कठपुतली बनाउने काम जसले गरे पनि त्यो गलत हो,दोहरिनु हुन्न । "