२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

पाँचौँ पटक निषेधाज्ञा जारी

पाँचौँ पटक निषेधाज्ञा जारी
अ अ+ अ-

महोत्तरी । कोभिड–१९ महाव्याधिको सङ्क्रमण बढ्न नदिन महोत्तरीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । गत वैशाख २२ गते पहिलोपटक जारी निषेधाज्ञा पटक–पटक अवधि थपिँदै अहिले पाँचौँपटक जारी गरिएको हो । गए मध्यरातदेखि लागू पछिल्लो निषेधाज्ञा अवधि एक साता कायम रहने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता कोभिड–१९ सङ्क्रमणले गत वैशाख १४ गते पहिलो मृत्यु भएको थियो । महाव्याधिले जेठ मसान्तसम्म ८१ जनाको ज्यान लिइसकेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यसअघि २०७७ को वैशाखदेखि कात्तिक मसान्तसम्म  महामारीले १८ जनाको मृत्यु भएको थियो ।

यसपालि अहिलेसम्म दुई हजार ५६७ जना यो महाव्याधि सङ्क्रमणमा परेका छन् । अहिलेसम्म एक हजार २३० जना निको भएका कार्यालयका कोभिड–१९ सङ्कट व्यवस्थापन स्रोतव्यक्ति तथा जनस्वास्थ्य निरीक्षक प्रतिभा सिंहले जानकारी दिनुभयो । जिल्लामा हाल नौ जना अक्सिजन सुविधासहित अस्पतालको सघन उपचारमा छन् । अन्य एक हजार २४७ सङ्क्रमित स्वास्थ्यकर्मीको परामर्शमा होमआइसोलेशनमा छन् । यसअघि २०७७ को वैशाखदेखि कात्तिकसम्म दुई हजार १४१ महाव्याधि सङ्क्रमणमा परेका थिए ।

जिल्लामा पाँचौँपटक जारी गरिएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ । यसअघि बिहान तीन घण्टामात्र किराना पसल सञ्चालनको अनुमति रहेको थियो । अहिले भने साँझ पनि तीन घण्टा अत्यावश्यक सामग्रीका पसल खुल्ने जनाइएको छ । यद्यपि सुरक्षाका लागि स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने जारी निषेधाज्ञा आदेशमा उल्लेख छ । यस अवधिमा भारतीय सीमावर्ती नाका पूर्ण बन्द रहने र सार्वजनिक यातायात, हाटबजार, समूहमा हिँडडुल र विद्यालय बन्द नै रहने निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।