२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका मुख्यममन्त्रीलाई  विश्‍वप्रकाशको सुझाब : आलोचित हुन एक गल्तीभ्रम काफी हुन्छ !



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्‍ता विश्‍वप्रकाश शर्माले गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री कृष्‍णचन्‍द्र नेपाली पोखरेललाई खुला पत्र लेख्नुभएको छ ।  सामाजिक संञ्जाल मार्फत शर्माले मुख्यमन्त्री पोखरेललाई सुझाबहरु दिनुभएको छ  । 

पत्रमा शर्माले लेख्नु भएको छ– मुख्यमन्‍त्रीको कर्मसँग पार्टीको आगामी छवि गाँसिने छ त्यसका लागि राम्रो काम गर्नुहोला । उहाँले राम्रो सावित हुन धेरै राम्रो  गर्नुपर्ने भन्दै,आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुने स्मरण गराउनु भएको छ । उहाँले निर्णय गर्दा   छायाको होइन ऐनाको सुझाव लिन सुझाब दिदै फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस्, समय शंवेदनसिल छ भनेर स्मरण गराउनु भएको छ ।  

प्रवक्ता शर्माले मुख्यमन्त्री नेपालीलाई  गलत निर्णय नगर्न, सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्न समेत सुझाब दिनुभएको छ । उहाँले सही निर्णय गर्न विज्ञलाई सुन्‍न र इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभएको छ । 

उहाँले सही निर्णय गर्न विज्ञलाई सुन्नु सुझाब दिदै पद आउँने जाने तर स्मृतिमा  कर्महरू रहिरहने भएका कारण इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्नु सुझाव दिनुभएको छ ।