२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोनवेको विस्फोटक ब्याटिङमा चेन्नईले पञ्जावलाई दियो २०१ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव किंग्सलाई २०१ रनको विजयी लक्ष्य दिएको छ ।

चेन्नईको एम चिदम्बरम मैदानमा टस जितेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा २०० रन जोडेको हो ।

चेन्नईका लागि डेभोन कोनवे ५२ बलमा ९२ रनसहित अविजित रहे । उनले १६ चौका र १ छक्का प्रहार गरे । यस्तै, ऋतुराज गायकवणले ३१ बलमा ३७, शिवम दुबेले १७ बलमा २८ रन जोड्दा महेन्द्र सिंह धोनीले ४ बलमा १३ रन जोडे । धोनीले अन्तिम ओभरको अन्तिम दुई बलमा लगातार दुई छक्का प्रहार गर्दै चेन्नईको स्कोर २०० पुर्याए ।

बलिङतर्फ पञ्जावका अर्शदीप सिंह, साम करण, सिकन्दर राजा र राहुल चाहरले एक–एक विकेट लिए ।