१५ भाद्र २०८३, सोमबार
,
Latest
नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजुमा मृत भेटिइन् वीर अस्पतालकी नर्स



अ+ अ-

काठमाडौँ । वीर अस्पतालमा कार्यरत एक नर्स बालाजुमा मृत अवस्थामा फेला परेकी छन् ।

भरतपुर महानगरपालिका–१ घर भएकी २९ वर्षीया अनुमा श्रेष्ठ बालाजुस्थित डा सुजन ढकालको कोठामा मृत अवस्थामा भेटिएको काठमाडौँ प्रहरीले जनाएको छ ।

घटनास्थलमा काठमाडौँ प्रहरी परिसरको टोली पुगेको छ । डा ढकाल काठमाडौँकै एक निजी अस्पतालमा कार्यरत छन् ।

प्रहरीका अनुसार नर्स श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेको र कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको छ ।

अनुमा वीर अस्पतालमा कार्यरत आठौँ तहकी स्थायी नर्सिङ अधिकृत हुन् ।

पछिल्लो केही समययता उनी मानसिक समस्यामा रहेको र औषधि सेवन तथा मनोसामाजिक परामर्शमा पनि रहेको जनाइएको छ ।