५ पुष २०८२, शनिबार
,
Latest
चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार महीनाको पहिलो कारोबारको दिन नेप्से परिसूचक ओरालो, ३.७२ अंकले झरेर सामान्य केक्सन



अ+ अ-

काठमाडौं । मंगलबार नेप्से परिसूचक शून्य दशमलव १२ प्रतिशतले घटेर ३ दशमलव ७२ अंकले घटेको छ । यो दिन शेयर बजारमा सामान्य केक्सनपछि नेप्से ३ हजार २२ दशमलव १० विन्दुमा झरेको हो । 

आव सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव २५ अंक बढेर ५५० दशमलव २६ विन्दुमा पुगेको छ । सामान्य अंकको करेक्सन भएको दिन कारोबार रकम पनि घटेको छ । मंगलबार रू. १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार बराबरको ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता शेयर कारोबार भएको छ । 

यो कारोबार २२६ ओटा कम्पनीको १ लाख ६४ हजार ७९० पटकको व्यापारमा भएको हो । आज अन्य समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९९ प्रतिशतले बढ्दा लगानी समूहको २ दशमलव शून्य ७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव १४ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव ५ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ३५ प्रतिशत परिसूचक बढेको छ ।

साथै यस दिन तीन ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको ९ दशमलव ८८ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९ दशमलव ८२ प्रतिशत र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ७८ प्रतिशत बढेको छ ।

त्यस्तै आजको दिन विकास बैंक र वित्त समूहसँगै जलविद्युत समूहका लगानीकर्ताहरुले अरुभन्दा बढी गुमाएका छन् । विकास बैंक समूहको परिसूचक सर्वाधिक ४ दशमलव ४२ प्रतिशत, वित्तको ३ दशमलव २९ प्रतिशत र जलविद्युतको २ दशमलव ८ प्रतिशत परिसूचक घटेको छ ।

बैंकिङ्गको शून्य दशमलव ३४ प्रतिशत, व्यापारिकको शून्य दशमलव २७ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव शून्य १ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७३ प्रतिशत र जीवन बीमाको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको हो ।

जलविद्युत् समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घट्दा सीईडीबी हाइड्रोपावरको प्रतिकित्ता रू. ६० ले बढेर अन्तिम मूल्य रू. ६६७, खानीखोला हाइड्रोपावरको प्रतिकित्ता रू. २७ ले बढेर अन्तिम मूल्य रू. ३०२ र युनियन हाइड्रोपावरको प्रतिकित्ता रू. ३६ ले बढेर अन्तिम मूल्य रू. ४०४ पुगेको हो । 

यस दिन छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयरमूल्य ७ दशमलव ६६ प्रतिशत अर्थात प्रतिकित्ता रू. ४२ ले घटेर अन्तिम मूल्य रू। ५०६ मा झरेको छ । त्यस्तै यो दिन लिवर्टी ईनर्जी कम्पनीको शेयरमूल्य पनि ७ दशमलव शून्य २ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३२ ले घटेर अन्तिम मूल्य रू. ४२४ मा झरेको हो ।

मंगलबार सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ​७६ करोड ३० लाख ९७ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन उक्त कम्पनीको शेयरमूल्य ३ दशमलव ३२  प्रतिशत अर्थात् प्रतिकित्ता रू. ६२ ले बढेर अन्तिम मूल्य रू. १ हजार ९३० कायम भएको छ ।