• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   चितवनबाट रेशमखेती विस्थापित हुँदै ★   सारासँग ब्रेकअपपछि सिंगल छन् कार्तिक आर्यन ★   ‘पुजार सार्की’ हेर्दा बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई व्यङ्ग्य ★   पुराना दलले नयाँ दललाई गरेको व्यवहारलक्षित रास्वपा नेताको असन्तुष्टि ★   पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार ★   बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती ★   खेल हेर्नलाई ट्रयाक्टर बेचेका पाकिस्तानी फ्यान भारतको जितपछि खुसी भए ★   सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैनः राष्ट्रपति पौडेल ★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान

चन्द्र भण्डारी भोलि स्वदेश फर्किँदै



काठमाण्डौं । आगलागीमा परी गम्भीर घाइते भई भारतमा उपपचाररत कांग्रेस नेता तथा संघीय सांसद डा चन्द्र भण्डारी आईतबार स्वदेश फर्कने भएका छन् ।

फागुन ३ गते राति काठमाण्डौं बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागीमा परेका भण्डारीलाई नेपालमा उपचार सम्भव नभएपछि फागुन ४ गते भारत लागिएको थियो ।

आगलागीमा गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको भने उपचारको क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको थियो ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका हुन् ।

उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् । डा भण्डारीको स्वास्थ्यमा सुधार आई, बोल्न र हिँड्न सक्ने भएका छन् । उनको बाँकि उपचार भने नेपाल मै हुनेछ ।