२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्र भण्डारी भोलि स्वदेश फर्किँदै



अ+ अ-

काठमाण्डौं । आगलागीमा परी गम्भीर घाइते भई भारतमा उपपचाररत कांग्रेस नेता तथा संघीय सांसद डा चन्द्र भण्डारी आईतबार स्वदेश फर्कने भएका छन् ।

फागुन ३ गते राति काठमाण्डौं बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागीमा परेका भण्डारीलाई नेपालमा उपचार सम्भव नभएपछि फागुन ४ गते भारत लागिएको थियो ।

आगलागीमा गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको भने उपचारको क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको थियो ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका हुन् ।

उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् । डा भण्डारीको स्वास्थ्यमा सुधार आई, बोल्न र हिँड्न सक्ने भएका छन् । उनको बाँकि उपचार भने नेपाल मै हुनेछ ।