४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको सेमिफाइनल खेल टियुमा हुने, मुलपानीले पनि ओडिआई मान्यता पाउने



अ+ अ-

काठमाडौं । शनिबार एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवतेसँग भिड्दैछ । नेपाल र कुवतको खेल शनिबार बिहान ९ बजेबाट किर्तिपूरस्थित टियु क्रिकेट मैदानमा हुने भएको छ ।

भोलि सेमिफाइनलका दुईवटा खेलहरु हुने भएकोले नेपालको खेल कहाँ हुने भन्नेबारे चासोको बिषय रहेको थियो । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले प्रतियोगिता अघि नै नेपालको खेल टियुमा गर्ने निर्णय भएको जानकारी दिए ।

कुवेतले शुक्रबार समूह ‘बी’ को निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो । नेपालले समूह चरणमा एकमात्रै खेल मुलपानीमा खेल्ने अवसर पाएको थियो । तर वर्षाको कारण उक्त खेल हुन नसक्दा साउदी अरेवियासँग अंक बाँडेको थियो । नेपाली समर्थकको चाप र सुरक्षाको कारण नेपालको खेलहरु टियुमा गर्दै आएको थियो ।

यस्तै, दोस्रो सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेता युएई र समूह ‘ए’ को उपविजेता ओमानबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल भने मुलपानी मैदानमा हुनेछ ।

यो सँगै मुलपानी मैदानले पनि ओडिआई मान्यता पाउने भएको छ । युएई र ओमान दुबै ओडिआई मान्यता प्राप्त देश भएकोले मुलपानीले पनि ओडिआई मान्यता पाउने भएको हो । यसै प्रतियोगिताबाट नेपालले मुलपानीमा पहिलो अन्तर्राष्ट्रिय खेल आयोजना गरेको थियो ।  टियु मैदानले २०२० मा ओडिआई मान्यता पाएको थियो ।

पहिलो र दोस्रो सेमिफाइनलका बिजेताले उपाधिको लागि सोमबार भिड्नेछन् । भने, आईतबार पराजित टोलीले तेस्रो स्थानको लागि खेल्नेछन् ।

यस प्रतियोगिताका विजेता टोलीले आगमी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । त्यस्तै, शीर्ष तीनमा रहेका टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।