२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारविरुद्ध प्लेयर अफ द म्याच बने सन्दीपः १०० विकेट किर्तिमानीको लागि १ लाख नगद पुरस्कार



अ+ अ-

काठमाडौं । ओडिआईमा सर्वाधिक छिटो १०० विकेटको किर्तिमान राखेका स्पिनर सन्दीप लामिछानेलाई क्यानले एक लाख नगद पुरस्कार दिएको छ ।

आजको कतारविरुद्धको म्याचपछि सन्दीपलाई ट्रफी र नगद पुरस्कार हस्तान्तरण गरिएको हो । सन्दीपलाई उनको तस्वीरसहितको फोटो फ्रेम र ट्रफी दिइएको छ ।

आज कतारविरुद्धको म्याचमा अलराउन्डरको प्रदर्शन गरेका सन्दीप प्लेयर अफ दी म्याच समेत बनेका छन् । उनले ब्याटिङमा सर्वाधिक ४२ रन बनाएका थिए भने बलिङमा ५ विकेट लिएका थिए । सन्दीपको उत्कृष्ट प्रदर्शनको बलमा नेपाल समूह ए को विजेता बन्दै सेमिफाईनलमा पुगेको छ ।

प्लेयर अफ दि म्याच बनेपछि सञ्चारकर्मीहरुसँग बोल्दै सन्दीपले ब्याटिङमा नेपालले १५० रन कटाएपछि जितको आशा जागेको बताए । बलिङको कुरा गर्दा फ्यानहरुको समर्थन र मायाले आफूलाई उर्जा मिलेको उल्लेख गरे ।




भर्खरै