१७ भाद्र २०८३, बुधबार
,
Latest
पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका पत्रकार बञ्जाराको विषयमा निष्पक्ष छानबिन गर्न महासंघको अपिल



अ+ अ-

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले जबरजस्ती करणीको आरोपमा पक्राउ परेका पत्रकार इन्द्रप्रसाद बञ्जारा (रमेश) को विषयमा निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष मणिराज गौतमले आज एक विज्ञप्ती जारी गर्दै बञ्जारा पक्राउ परेको घटनाप्रति ध्यानाकर्षण जनाउँदै दोषीलाई कानुनी कारबाही र निर्दोषलाई न्याय दिलाउन कुनै दबाब र प्रभावको भरमा नपरी निष्पक्ष छानबिन गर्न प्रहरी प्रशासनसमक्ष माग गरेको हो ।

विज्ञप्तीमा भनिएको छ–“पछिल्ला दिनमा मकवानपुरका सञ्चार माध्यममा उक्त घटनासंग सम्वन्धित विषयका विभिन्न समाचार तथा सीसीटिभी फुटेजहरु प्रकाशनरप्रशारण भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई घटनाको निष्पक्ष र दोहोरो छानबिन गरी चाँडोभन्दा चाँडो दोषीलाई कारवाही र निर्दोषलाई न्याय दिलाउनका लागि कुनै दबाब र प्रभावमा नपरी अध्ययन तथा अनुसन्धानका लागि महासंघ मकवानपुर जोडदार माग गर्दछ ।”

घटनाका विषयमा विलम्ब नगरी सत्यको पक्षमा न्याय निरुपणका लागि सरोकारवाला निकायसमक्ष पनि महासंघ मकवानपुर अध्यक्ष गौतमले विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।

गएको चैत्र ३० गते एक महिलाले पत्रकार बञ्जाराले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरी परेपछि बञ्जारा अहिले दोस्रोपटक म्याद थप भएर अनुसन्धानमा छन् ।

अनुसन्धान चलिरहेकै अवस्थामा मंगलबार हेटौंडाको एक अनलाइन न्यूज पोर्टलले उजुरी दिने महिलाले बलात्कार भयो भनिएको उक्त दिन बञ्जारा कहाँ–कहाँ पुगेका थिए भनेर सीसीटिभी फुटेजसहितको सामाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएसंगै मकवानपुरको सञ्चार जगत स्तब्ध भएको छ । सोहीकारण पत्रकार बञ्जारामाथि लागेको आरोपको विषयमा प्रहरी प्रशासन तथा सरोकारवाला निकायले गम्भिर भएर निष्पक्ष छानबिन गर्न महासंघले माग गरेको हो ।