२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः थ्री स्टार र मछिन्द्रले अंक बाँडे



अ+ अ-

काठमाडौं ।सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । थ्री स्टार र मछिन्द्रले गोलरहित रहदै बराबरीमा अंक बाँडेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना भएपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगियो ।

खेलको ४४औं मिनेटमा ओलावाले ओलाडिपो अफिजको पासमा चेन्चो ग्याल्सेनले गरेका प्रहार क्रसबारमा ठोक्किदा मछिन्द्र अग्रता लिनबाट चुक्यो । यस्तै ४७औं मिनेटमा सन्तोष साहुखलले गरेका प्रहारमा पनि दिशा लिन सकेन ।

६८औं मिनेटमा थ्री स्टारले गोल गरेपनि अफसाइड भएर गोललाई मान्यता दिईएन । लाकेनको प्रहारलाई अफसाइडमा रहेका अजायी मार्टिन्सले फाइनल टच दिएका थिए ।

खेलको ७०औं मिनेटमा निसेनको क्रसमा ओलावालेको हेडरलाई महेन्द्रले हेडमार्फत नै क्लियर गरिदिए ।

८४औं मिनेटमा चेन्चोको फ्रिकिकलाई थ्री स्टारका गोलरक्षक मोहम्मद ताहले बचाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा सौरभ लिम्बुको प्रहारलाई गोलरक्षक ताहले बचाए ।

यस बराबरीसँगै दोस्रो स्थानमा रहेको थ्री स्टारले १२ खेलबाट २२ अंक बनाएको छ भने मछिन्द्रको १२ खेलमा १७ अंक भएको छ।