१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः कोलकत्ता र बेंग्लोर भिड्दै



अ+ अ-

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन् । बेंग्लोरको घरेलु एम चेन्नास्वामी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ ।

कोलकत्ता आफ्नो लगातार हारको शृंखला तोड्न चाहन्छ । कोलकत्ता पछिल्लो चार खेलमा लगातार पराजित हुँदै आएको छ । कोलकत्ता सात खेलमा दुई जित र पाँच हारका साथ आठौं स्थानमा रहेको छ ।

बेंग्लोर पनि यस खेलमा जित हात पारी अंक तालिकामा आफ्नो स्थान बढाउन चाहन्छ । बेंग्लोर ७ खेलमा चार जित र तीन हारका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

पछिल्लो खेलमा बेंग्लोरले राजस्थानलाई हराएको थियो भने कोलकत्ता चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।

यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकत्ता बलियो देखिएको छ । पाँच खेलमा तीन पटक कोलकत्ता विजयी हुँदा बेंग्लोरले दुई खेलमा जित हात पारेको छ ।

यहि सिजनको पहिलो भेटमा कोलकत्ताले बेंग्लोरलाई ८१ रनको फराकिलो अन्तरले हराएको थियो ।