२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः बहराइनविरुद्ध आयनले फ्याके ५५ बल डट



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा सेमिफाइनलमा पुग्न निर्णायक खेलमा युएईका स्पिनर आयन खानले बहराइनविरुद्ध घातक बलिङ गरेका छन् । उनले ६० बलमा ५५ बल डट फ्याकेका छन् । आयनले १० ओभरमा ७ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिए ।

आयनको घातक बलिङमा मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बहराइनले ३० ओभरमा ९ विकेट गुमाउँदै ९० रन बनाएको छ । बहराइनका कप्तान हैदर बटले ४९ बलमा सर्वाधिक २३ रन बनाए ।

आयनको चौथो ओभरको अन्तिम बलमा शहबाज पाँच रनमा एलबीडब्लू आउट भए । रोहन मुस्तफाले ५.५ ओभरमा जुनैद अजिजलाई शून्य रनमा एलबीडब्लू आउट गराए । लगत्तै अर्को बलमा सोहिल अहमद बोल्ड आउट भएका थिए ।

छैटौ ओभरको पाँचौं बलमा आयन खानले मोहम्मद युनिसलाई १६ रनमा बोल्ड आउट गरेपछि बहराइन २३.४ को अवस्थामा पुगेको थियो ।तल्लोक्रममा अब्दुल मजिद ११ र इमरान अनवारले १४ रन बनाए ।

त्यस्तै, युएईका स्पिनर रोहन मुस्तफा र कार्तिक मयाप्पनले समान दुई विकेट लिएका छन् ।

समूह बी मा रहेको युएई ३ खेलमा २ जित र १ हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन ३ खेलमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ चौथो स्थानमा छ । युएई यस खेलमा विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ भने पराजित हुँदा बाहिरिनेछ ।