५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः बहराइनविरुद्ध आयनले फ्याके ५५ बल डट



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा सेमिफाइनलमा पुग्न निर्णायक खेलमा युएईका स्पिनर आयन खानले बहराइनविरुद्ध घातक बलिङ गरेका छन् । उनले ६० बलमा ५५ बल डट फ्याकेका छन् । आयनले १० ओभरमा ७ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिए ।

आयनको घातक बलिङमा मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बहराइनले ३० ओभरमा ९ विकेट गुमाउँदै ९० रन बनाएको छ । बहराइनका कप्तान हैदर बटले ४९ बलमा सर्वाधिक २३ रन बनाए ।

आयनको चौथो ओभरको अन्तिम बलमा शहबाज पाँच रनमा एलबीडब्लू आउट भए । रोहन मुस्तफाले ५.५ ओभरमा जुनैद अजिजलाई शून्य रनमा एलबीडब्लू आउट गराए । लगत्तै अर्को बलमा सोहिल अहमद बोल्ड आउट भएका थिए ।

छैटौ ओभरको पाँचौं बलमा आयन खानले मोहम्मद युनिसलाई १६ रनमा बोल्ड आउट गरेपछि बहराइन २३.४ को अवस्थामा पुगेको थियो ।तल्लोक्रममा अब्दुल मजिद ११ र इमरान अनवारले १४ रन बनाए ।

त्यस्तै, युएईका स्पिनर रोहन मुस्तफा र कार्तिक मयाप्पनले समान दुई विकेट लिएका छन् ।

समूह बी मा रहेको युएई ३ खेलमा २ जित र १ हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन ३ खेलमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ चौथो स्थानमा छ । युएई यस खेलमा विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ भने पराजित हुँदा बाहिरिनेछ ।